देश

सत्ता फर्काउन देउवा–ओली–प्रचण्ड जागे, अर्को उथलपुथलको खोजी, मध्यावधीबाटै बालेन ठेगान लाग्ने (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– जेन्जी आन्दोलनपछि राष्ट्रिय राजनीतिबाट किनार लागेका ३ शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड फेरी सक्रिय हुन थालेका छन् । आन्दोलनकै क्रममा हातपातको शिकार भएका देउवाले विदेशवाट फर्के लगतै दौडधुप बढाएका छन । आन्दोलनमा आफूमाथि भएको प्रतिशोधको बदला लिने योजनाका साथ देउवा सक्रिय भएको विषय बुझ्न कठिन छैन । यता कांग्रेस सभापति गगन थापा छोटै समयमा निकम्मा सावित हुँदा पनि देउवाले फेरि टाउको उठाउने अवसर पाएका हुन् । सर्वोच्चमा विचाराधिन मुद्दा आफ्नो पक्षमा आए कांग्रेसमै बस्ने र फैसला विपक्षमा आए नयाँ पार्टी गठन गरेर भएपनि राजनीतिमा पुनः स्थापित हुने लक्ष्य देउवामा देखिन्छ ।
चूनाव जिते पछि प्रधानमन्त्री बालेन शाह झापा पुग्न सकेका छैनन् । तर चूनाव हारेर प्रहरी हिरासत सम्म पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार झापा पुगे । श्रीमती राधिका शाक्यसहित झापा पुगेका ओलीको स्वागतमा नेता कार्यकर्ताको निक्कै तामझाम देखीयो । एमालेको सत्ता कब्जा गरेर बसेका ओलीले पनि आफ्नो सक्रियतालाई तिब्रता दिएका छन । ओलीलाई पार्टी अध्यक्षबाट हटाउन महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र योगेश भट्टराईहरुले कम्मर कसेर लागे ।