काठमाडौं– नेपाली काग्रेसका दुई समूह यति अगाडि बढिसके कि, अहिलेकै गतिविधि हेर्दा उनीहरु एक हुने सम्भावना लगभग समाप्त भइसकेको छ । दुबै समूह एक अर्काविरुद्ध जाइलागेको देख्दा लाग्छ उनीहरुको प्रधान शत्रु नै नेपाली कांग्रेस हो । सस्थपान इतर पक्षले अहिले राष्ट्रीय भेला आयोजना गरिरहेकोे छ । जहाँ विभिन्न नेता आफनो प्रतिवेद प्रस्तुत गरेका छन् । बिमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश गर्दै जेनजी आन्दोलनको आडमा गगन र विश्वद्वारा पार्टी कब्जा गर्ने षड्यन्त्र गरेको सम्मको आरोप लगाए । विशेष महाधिवेशनबाट गगन थापाले नेतृत्व हत्याएपछि अतालिएका पाका नेताहरू अहिले तछाड मछाडको अवस्थामा छन् । यो भेलामा युवा भन्दा पनि बुढाहरुको बर्चस्व छ । गगनको साथमा अधिकांश युवा छन् । गगनले कोईराला परिवारलाईं समेत चिरा पारेका छन् । शशांक कोइराला र शेखर कोइराला इत्तर पक्षमा उभिँदा सुजाता कोईरालाले भने नेपाली काग्रेसको नेतृत्व गर्ने अधिकार गगन बाहेक अन्यलाई नभएको अभिव्याक्ती नै दिएकी छिन् ।
देश


प्रतिक्रिया