काठमाडौं– सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएर अब कानुन बन्ने प्रक्रियामा अघि बढेसँगै कर्मचारीहरूले राजीनामा दिने क्रम पनि बढेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तयार भएको मस्यौदा कानुन मन्त्रालय पुगिसकेको अवस्थामा खरदारदेखि सचिवसम्मका कर्मचारीमा राजीनामा दिने लहर चलेको छ । मङ्गलबार मात्र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले पेश गरेको राजीनामा सोही दिनको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भयो । अनिवार्य अवकाशमा जानु १४ महिना अगावै राजीनामा दिएका पोख्रेल दुई साता अघि मात्रै राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सञ्चार मन्त्रालयमा सरुवा भएका थिए । त्यस्तै, आगामी भदौ ४ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका अधिकारीले एक साता अगावै राजीनामा बुझाएका हुन् । निजामती सेवाको विशिष्ट पद सचिवमा रहेका कर्मचारीहरूको समयअगावै राजीनामा आइरहँदा निजामती सेवाभित्र के पाकिरहेको छ भन्ने जिज्ञासा बढेको छ ।
देश


प्रतिक्रिया