काठमाडौं–विभिन्न समयमा प्रधानमन्त्रीको स्वकीय बनेर राज्यआतंक मच्चाएका नेपो किडहरु अहिले धमाधम अनुसन्धानमा तानिएका छन् । विगतमा यीनीहरुले सत्ताको आडमा गर्न हुने नहुने सम्पूर्ण काम गरे । तर कहिल्यै अनुसन्धानमा तानिनु परेन । तर सत्ता कसैको पेवा होइन । अहिले पुराना दलहरु मुलधारको राजनीतिबाटै पाखा लागेका छन् । यही मौकामा राज्यका अंगहरुले धमाधम पूर्वप्रधानमन्त्रीका स्वकीयहरुमाथि अनुसन्धान गरिरहेको छ ।
नेपालको राजनीतिमा वर्षौदेखि एउटा यस्तो अदृश्य शक्ति सक्रिय रह्यो, जो न जनताद्वारा चुनिएका थिए, न त कुनै औपचारिक संवैधानिक प्रक्रियाबाट आएका थिए । पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवको हैसियतमा उनीहरूकै आफन्त तथा सन्तानहरुले राज्यका स्रोत साधनको चरम दुरुपयोग गरे । फलतः अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धीकरण विभागसम्मले उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया