काठमाडौं– प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्तिको विषयलाई लिएर प्रतिपक्षी सांसदहरूले सरकारलाई प्रश्न सोधेका छन् । विशेषगरी प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिलाई प्रतिपक्षी सांसदहरूले त्यसलाई राष्ट्रघाती कदमको संज्ञा दिए । यस्तै, सत्तापक्षीय सांसदहरूले विद्यमान संसदीय अभ्यास कर्मकाण्डी र प्रभावहीन भएको निष्कर्षसहित संसदमाथि नै गम्भीर प्रश्न उठाएका छन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले संसदीय सुधार समिति गठन गर्न जोडदार माग गरे । उनले अहिलेको संसदीय अभ्यास पूर्ण रूपमा कर्मकाण्डी भएको टिप्पणी गर्दै संसद्लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन तुरुन्त समिति गठन गर्नुपर्ने बताए । उनले आफूले धेरैपटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको समेत बताए । अब एकपटक सबै सांसदहरूबीच सर्वेक्षण गर्नुपर्ने उनको माग छ । ‘संसदीय सुधार समिति’ बनाएर अहिलेको यो संसद्लाई कसरी बढी सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने भन्ने दिशामा एकपटक काम गर्नुपर्ने उनको भनाइ छ ।
देश


प्रतिक्रिया