देश

PM बालेन ह्यारेश, रवि टिमकै काउन्टर, मन्त्री नै निकम्मा, अझै एक्लै भिड्न तयार, जताततै हाहाकार (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– देशको सबैभन्दा शक्तिशाली व्यक्ति बालेन्द्र शाह,
सबैभन्दा लोकप्रिय व्यक्ति पनि बालेन्द्र शाह,
जनताको आशा र भरोसाको केन्द्र पनि यीनै बालेन्द्र शाह,
व्यक्ति एउटै तर परिचय भने बेग्ला बेग्लै । हो शक्तिशाली सरकारका शक्तिशाली प्रधानमन्त्री बालेन्द्र शाह यस्ता व्यक्ति हुन् जसले ४ वर्षमै नेपाली राजनीतिमा आफ्नो बेग्लै स्थान बनाउन सफल भए । जो अहिले झण्डै २ तिहाइ बहुमतसहित सत्ताको बागडोर सम्हालिरहेका छन् । तर बिडम्बना ः चार वर्षमै देशकै कार्यकारी प्रमुख बन्न सफल शाह राज्यसत्ता सम्हालेको ४ महिनामै आफ्नो राजनीतिक यात्राको कठिन मोडमा पुगेका छन् । सरकार गठनको सय दिन पुरा भएसँगै आफ्नै कार्यशैलीका कारण चौतर्फी दबाबमा परेका उनी कठिन चुनौतीहरुको सामना गरिरहेका छन् । परिवर्तनको आशा जगाएर सरकारमा पुगेका उनले भने अनुसारको परिणाम दिन नसक्दा जनस्तरबाटै पैदा भएको नैरास्यता र आफ्नै पार्टीभित्रको असन्तुष्टिले उनी उकुसमुकुसमा परेका हुन् । सरकार गठन भएको चार महिनामै शक्तिशाली सरकारका प्रधानमन्त्रीले किन एक्लिएको महसुस गरे त ? अब बुँदागत रुपमा चर्चा गरौँ ः