काठमाडौं– नेपाली कांग्रेस र कोइराला परिवार एकअर्काका समरूपजस्तै हुन् । त्यही छाँटकाँट अहिले संस्थापनइतर पक्षमा देखिएको छ । शेरबहादुर देउवाले कार्यवाहकको जिम्मेवारी दिएका पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्कादेखि आफूलाई देउवापछि सभापति घोषणा गर्नेहरूले वीपी पुत्र शशांक कोइरालालाई मूल नेता मानेर जाने भएका छन् । विशेष महाधिवेशनपछि समानान्तर गतिविधि गर्दै आएको संस्थापनइतर पक्षका यसपछिका हरेक कार्यक्रमको अध्यक्षता तिनै शशांकले गर्नेछन् । विभाजनको डिलमा पुगेको कांग्रेसमा फरक परिस्थिति नआए अब शशांकलाई नै सभापतिको उम्मेदवार बनाउने योजनामा उक्त समूह छ । तर सभापति गगन थापालाई काउन्टर दिन नयाँ दल खोल्ने आन्तरिक तयारी भइरहेको चर्चासमेत छ । विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरू शशांकको नेतृत्व स्वीकार्न तयार भएका हुन् ।
देश


प्रतिक्रिया