काठमाडौं– राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापछि देखिएको अस्थिरता र भ्रष्टाचारबाट आजित भएर भएको जेनजी आन्दोलनपश्चात् देशले ऐतिहासिक चुनावी उपलब्धि हासिल गरेको छ । त्यसैको परिणाम स्वरूप अहिले देशमा झण्डै दुई–तिहाइ बहुमतसहित एकल पार्टीको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । गणतन्त्र आएको यो दुई दशकको अवधिमा परम्परागत पार्टीहरूले देशलाई निजी कम्पनी जस्तै बनाएर अनेकन् भ्रष्टाचार र काण्ड मच्चाउँदै खोक्रो बनाएको आरोपले जनतामा चरम असन्तुष्टि बढ्यो । त्यसलाई चिर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार आए पनि देशमा शान्ति छाउन सकेको छैन । बरु, नयाँ आएको रास्वपाकै सरकारको पालामा देशले इतिहासमै अहिलेसम्म भोग्नु नपरेको यति ठूलो धार्मिक द्वन्द्वको सामना गर्नुप¥यो । मधेशमा दुई धार्मिक सम्प्रदायबीचको द्वन्द्व नियन्त्रण बाहिर जाँदा एक १५ वर्षीय बालकसहित तीन जनाले ज्यान गुमाउनुपरेको छ । यसैलाई मुख्य हतियार बनाएर यतिखेर राजावादीहरूलाई फेरि एकपटक राजसंस्थाको वकालत गर्ने मौका मिलेको छ, जसलाई उनीहरूले भरपूर सदुपयोग गर्न खोजिरहेका छन् । नेपालीहरूको सबैभन्दा बलियो पक्षका रूपमा रहेको सामाजिक सद्भाव र एकतामा यही गणतन्त्रले प्रहार गर्दा सहिष्णुतामा खलल पुगेको भन्दै राजावादीहरूले नेपालको माटो सुहाउँदो व्यवस्था नै संवैधानिक राजसंस्था भएको तर्क गर्न थालेका छन् । राजा फर्काउन खोलिएका राजनीतिक दलहरू कमजोर बनिरहँदा व्यक्तिहरू भने राजसंस्था फर्काउने दृढ अठोटमा देखिएका छन् ।
देश


प्रतिक्रिया