काठमाडौं– नेपाली राजनीतिमा छुट्टै विरासत बोकेका नेताको छवि बनाएका शेरबहादुर देउवा पाँच महिनादेखि देश बाहिर छन् । देशका ठूलाठूला राजनीतिक आन्दोलनमा होमिँदै पाँच–पाँच पटक देशको बागडोर सम्हालिसकेका पूर्वप्रधानमन्त्री देउवा कहिले सिङ्गापुर त कहिले हङकङ पुग्दा निर्वासनको जस्तै जिन्दगी बिताइरहनु परेको छ । जेनजी आन्दोलनले ल्याएको राजनीतिक उथलपुथलपछि राजनीतिको मोड नै मोडिएर देश बाहिर रहेका उनले आफू फेरि स्वदेश फर्कने सन्देश जारी गरेपछि उनको फिर्तीलाई लिएर यतिखेर राजनीतिको विभिन्न कोणबाट चर्चा हुन सुरु भएको छ । साउन ६ गते वीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर त्यसको एक दिनअघि सन्देश जारी गर्दै उनले नेपाली भूमिमा पाइला टेक्न फर्कन लागेको जानकारी गराएका थिए । यही साउन महिनाभित्रै नेपाल फर्कने उनको सन्देशले आफैँमाथि लागेको मुद्दादेखि कांग्रेसभित्रको आन्तरिक किचलोसँगै राष्ट्रिय राजनीति पनि नयाँ कोणतर्फ जाने अड्कलबाजी भइरहेको छ ।
देश


प्रतिक्रिया