काठमाडौं । के बालेन शाहलाई पनि केपी शर्मा ओली बनाउने षडयन्त्र भइरहेको छ ? कुमार बेनले विष्णु रिमालको, सुनिल लम्सालले महेश बस्नेत र पृथ्वीसुब्बा गुरुङहरुको अनि रवि लामिछाने प्रचण्डको र स्वर्णिम वाग्लेहरु माधव नेपालको भूमिका निभाइरहेका त छैनन् ? अहिले आएर लाग्दैछ– शैली पुरानै रवैयाभन्दा फरक देखिन छोडेको छ ।
शक्तिको केन्द्रीकरण र नागरिक आवाजप्रतिको उपेक्षा नै केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने कारण बने । तर सहायक भूमिकामा आफ्नै आसेपासेहरु थिए । सीमित घेराभन्दा बाहिरको सुन्दै नसुन्ने र आसेपासेहरुलाई पोस्ने र जोगाउनेभन्दा अरु कामै नगरेका ओलीलाई असफल बनाउनुमा उनका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालको मुख्य हात रहेको चर्चा आज पनि हुन्छ ।
(बाँकी भिडियो सामाग्रीबाट)


प्रतिक्रिया