काठमाडौं– नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा नयाँ शक्ति भनेर उदाएका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि जनताको अपेक्षा निकै उच्च थियो । सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र परम्परागत राजनीतिक संस्कृतिको अन्त्य गर्ने वाचासहित उनीहरू सत्तामा पुगे । तर सरकार बनेको ४ महिना पुग्दा सरकार सञ्चालन, पार्टी व्यवस्थापन र राजनीतिक समन्वयमा देखिएका कमजोरी तथा भू–राजनीतिका कारण पुराना राजनीतिक दल र झण्डै राजनीतिमा ५ दशक बिताएका पुराना नेताहरूले पुनः आफ्नो प्रभाव बढाउने अवसर पाएका छन् । सरकार गठनपछि नीति कार्यान्वयनमा ढिलाइ, राजनीतिक अनुभवको अभाव, पार्टीभित्र बढ्दो असन्तुष्टि तथा संसद्मा प्रभावकारी समन्वय हुन नसक्दा सरकार निरन्तर आलोचनाको केन्द्रमा रह्यो । प्रधानमन्त्री बालेनले नै राजनीतिक जीवन ध्वस्त पारेकाहरू अहिले बालेनको सुरुवाती असफलतापछि जुरमुराउने अवस्था बनेको छ ।
प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भएको एकतापछि पाएको जनमतका कारण शक्तिशाली सरकार बन्दा प्रतिपक्ष कमजोर बन्यो ।
देश


प्रतिक्रिया