देश

देउवा–आरजुकै तरंग, पक्राउ पर्ने त्रास, रेड जोनमा जयवीर, राजनीतिमा आउन सक्छ युटर्न (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा लामो समयको विदेश बसाइपछि अन्ततः स्वदेश फर्कने तयारीमा छन् । बीपी स्मृति दिवसको अवसर पारेर वक्तव्य जारी गर्दै उनले आफू चाँडै नेपाल फर्किन लागेको औपचारिक जानकारी दिएसँगै राजनीतिक वृत्तमा उनको पुनरागमन र त्यसले पार्ने प्रभावबारे चासो बढेको छ । पाँच पटक देशको प्रधानमन्त्री भइसकेका र कांग्रेसमा दुई कार्यकाल सभापति पद सम्हालेका देउवालाई स्वदेश फर्कन कुन कुराले रोकेको छ ? आफ्नै देशमा असुरक्षित महसुस गरेका देउवालाई अब नेपाल फर्कन आइपर्ने सकसहरू के–के छन् त ?