काठमाडौं– देशको सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेस, कुनै समय देशको सबैभन्दा ठूलो पार्टी पनि थियो । विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनहरूको नेतृत्व गर्दै प्रजातन्त्र स्थापनादेखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन अग्रणी भूमिका निभाउने पार्टी पनि नेपाली कांग्रेस नै हो । तर विडम्बना, दशकौँ लामो राजनीतिक विरासत र गर्विलो इतिहास बोकेको नेपाली कांग्रेस अहिले आफ्नै घरझगडाका कारण कोमामा पुगेको छ । जेनजी आन्दोलनपछि परिवर्तित राजनीतिक ‘डिस्कोर्स’ र पार्टीभित्र उत्पन्न उथलपुथलका कारण आज नेपाली कांग्रेस सग्लो उभिन सकेको छैन । निर्वाचन आयोग र सर्वोच्च अदालतले पार्टीको आधिकारिकताबारे छिनोफानो गरे पनि पार्टीभित्रका नेताहरूले एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्दा अहिले कांग्रेस दुई धार हुँदै फुटको डिलमा छ । विशेष महाधिवेशनबाट चुनिएर आएको गगन थापा नेतृत्वको कांग्रेस र तत्कालीन सभापति शेरबहादुर देउवा पक्षका नेताहरूबीचको शक्तिसंघर्ष चरमोत्कर्षमा पुगेसँगै कांग्रेस दुई धारमा विभाजित भएको हो । जहाँ असन्तुष्ट पक्षले छुट्टै कार्यालय नै स्थापना गरी छुट्टै कार्यक्रम र राष्ट्रिय भेला समेत आयोजना गर्ने निर्णय गरेपछि कांग्रेसमा अनौपचारिक फुट देखिएको छ ।
देश


प्रतिक्रिया