काठमाडौं– प्रधानमन्त्री बालेन शाह अहिले प्रतिपक्षी दल र आफ्नैहरूबाट घेराबन्दीमा परेका छन् । आफू र सरकार नै चौतर्फी घेराबन्दीमा पर्दै गएपछि प्रधानमन्त्री शाहले नयाँ रणनीति बुन्दै गएका छन् । धान बाली लगाउने मुख्य सिजनमै किसानलाई मल दिन नसकेपछि कृषि मन्त्री फिल्डमा निस्कन नसक्ने अवस्था बनेको छ । मन्त्रीहरूलाई ठाउँ–ठाउँमा कालो झन्डा देखाउन थालिएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई चितवनमा कालो झन्डा देखाइयो । यता प्रतिपक्षी दल राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही आफ्नो पदीय मर्यादा नै भुलेर एमाले अध्यक्ष केपी शर्मा ओलीकै शैलीमा सरकारविरुद्ध खनिएका छन्, जुन हेर्दा र सुन्दा लाजमर्दो छ ।
देश


प्रतिक्रिया