देश

श्रीलंकाबाट फर्किए प्रचण्ड, कम्युनिस्ट एकताको दबाब, गगन जिल्लिँदै, प्रदेश सरकारमा अस्थिरता (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– पछिल्ला दुई दशक सत्ता र शक्तिको वरिपरि रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले शक्तिविहीन अवस्थामा छन् । उनकै एजेन्डामा मुलुक चलिरहेको भए पनि सत्ता र शक्तिबाट टाढा हुँदा उनको छटपटाहट हेर्न लायक छ । अहिले प्रदेश सरकारमा एमाले र कांग्रेसको सत्ता गठबन्धन भत्किँदा राष्ट्रिय राजनीतिमा खालीहात बनेका प्रचण्ड एमाले वा कांग्रेससँग मिलेर सरकार बनाउनुपर्ने बिन्दुमा आइपुगेका छन् । यसैलाई शक्ति आर्जन गर्ने अवसरको रूपमा लिएका प्रचण्डले कांग्रेस र एमालेमध्ये एउटालाई रोज्नुपर्नेछ । नेकपाले एमाले र कांग्रेस दुवै पार्टीसँग छलफल गरिरहेको छ । यसक्रममा नयाँ सरकार बनाउन नेकपाले सर्त अघि सारेको छ । तर यता नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारलाई प्रतिपक्षविहीन बनाउँदै ३ दल मिलेर सरकार बनाउने प्रस्ताव अस्वीकार गरेका छन् । थापाले सत्ताका लागि सम्झौता नगर्ने बताएपछि नेकपा र कांग्रेसको प्रदेशमा सरकार बन्ने सम्भावना कम देखिन्छ ।