Breaking

रामचन्द्रलाई राजीनामाको दबाब, बालेन र बाबुरामको नयाँ चाल, रविले देलान् साथ ? के गर्छन् पुराना दल ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । सक्रिय राजनीतिबाट करिब–करिब बिट मारिसकेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पछिल्लो समय निकै सक्रियता बढाएका छन् । ‘प्रधानमन्त्री बालेनले के बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउँदैछन् ?’ भन्ने प्रश्न विगत केही महिनादेखि निरन्तर उठिरहेको छ । बाबुरामको राष्ट्रपति बन्ने चाहना पूरा गर्न के साँच्चै बालेन राष्ट्रपति फेर्न चाहन्छ ?