Breaking

मन्त्री सुनिलकै आतंक, ठेकेदारदेखि प्रदेशमन्त्रीसम्म त्रसित, तर्साएकै भरमा विकासले फड्को मार्ला ?(भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल फेरि विवादमा तानिएका छन् । ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिदेखि काम नगर्ने प्रदेशका मन्त्री, मेयर र ठेकेदारलाई थुन्ने तथा कारबाही गर्ने चेतावनीसम्मका उनका सार्वजनिक अभिव्यक्तिले कानुनी शासन र सार्वजनिक पदको मर्यादामाथि गम्भीर प्रश्न उठाएका छन् । लगातार दोहोरिइरहेका यस्ता अभिव्यक्तिले मन्त्री लम्सालको कार्यशैलीमाथि मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘जान्नेलाई छान्ने’ नारालाई समेत गिज्याइरहेको छ ।