देश

बालेनको राडर ः ओलीका मन्त्रीको निदहराम, विष्णुलाई सम्पत्ति घाँडो, जगदीश र अमरेशको के हो काण्ड ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नामुद बिचौलिया दीपक भट्टसँग राम्रै उठबस भएका र भट्टको लुटको योजनामा मसी चोपेका पूर्वअर्थमन्त्री विष्णु पौडेल अहिले प्रहरी खोरमा छन् । विभिन्न नीति र विधि परिवर्तन गर्नेदेखि मालवस्तु निकासी–पैठारी गर्न सहयोगी बनेका एक जमानाका ‘सुकुम्बासी’ विष्णु पौडेलको अंशबण्डामा पाएको ८ कठ्ठा जमिनबाहेक केही थिएन । तर, अहिले बुटवलमा मात्रै ३५ बिघा जग्गा र ३० करोडको शेयर फेला परेको छ । श्रीराम टोबाको कम्पनीमा विष्णु पौडेलले ३० करोड रुपैयाँ बराबरको बिना लगानी शेयर लिए । त्यसरी बिना लगानी लिएको शेयर बिचौलिया दीपक भट्टलाई दिएको खुलेको छ । श्रीराम टोबाको व्यापारी कमलकिशोर मालपानीको कम्पनी हो । दीपक भट्टका सबैभन्दा ठूला दोस्ती एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि यिनै विष्णु पौडेल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनार्दन शर्मा लगायत थिए भन्ने कुरा पछिल्लो समय सार्वजनिक भएका तस्बिरहरूले समेत पुष्टि गर्छन् । यो सन् २०१७ (२०७४ साल) को कुरा भए पनि झण्डै ९ वर्षपछि यी तस्बिरहरू किन र कसरी सार्वजनिक भए भन्ने अर्को विषय थप पेचिलो छ । त्यसकै अनुसन्धानका लागि अहिले पौडेल प्रहरी हिरासतमा छन् । ललिता निवासको सरकारी जग्गासमेत आफ्नो बनाइसकेका पौडेल उक्त प्रकरणबाट भने जोगिन सफल भए ।