काठमाडौं– करिब तीन महिनाअगाडि जसरी बालेन सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एकाएक पक्राउ गरेको थियो, त्यसरी नै सरकारले सोमबार जरुरी पक्राउ पुर्जी जारी गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको राडारमा परेका उनलाई रातारात काठमाडौं ल्याएर मंगलबार विशेष अदालतमा उपस्थित गराइयो । तर, ५ पटक अर्थमन्त्रीसहित ८ पटक मन्त्री भइसकेका पौडेललाई फिल्मी शैलीमा पक्राउ गरी अदालतमा उपस्थित गराउँदा समेत ‘किन पक्राउ गरियो ?’ र ‘कुन अभियोगमा पक्राउ गरियो ?’ भन्ने जानकारी धेरैलाई थिएन । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्था कसरी आयो, त्योबारे पनि धेरै अज्ञात थिए । उनको गिरफ्तारीलगत्तै सार्वजनिक भएको एउटा तस्बिरले विभिन्न आशङ्का उब्जाएको थियो । बुझ्दै जाँदा, पौडेललाई पक्राउ गर्नुभन्दा पहिला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरूको टोलीले उनको ललितपुरको भैंसेपाटीस्थित निवासमा खानतलासी गरेको खुल्यो । खानतलासीपछि उपाध्यक्ष पौडेलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकसँगको टेलिफोन संवादमा मंगलबार आफैँ विभागको कार्यालयमा उपस्थित हुने समझदारी गरेका थिए । तर, उक्त समझदारीको खबर प्रधानमन्त्री कार्यालयमा पुगे लगत्तै प्रधानमन्त्री बालेन शाहकै निर्देशनमा उनलाई तत्काल पक्राउ गरिएको बताइन्छ ।
देश


प्रतिक्रिया