देश

रास्वपामा ल्याङफ्याङ, ६ तथ्यमा हेरौँ, मन्त्रीको मस्ती–प्रतिनिधिको सास्ती, मासुकै झगडा, केपीले फोहोर उठाए (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– ‘देश बनाउँछु’ भन्दै दुईतिहाइको भारी बोकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नै महाविधेशन व्यवस्थित गर्न नसकेपछि कार्यकर्ता नै रुष्ट बनेका छन् । सभापति निर्वाचित भइसके । तर, महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छैन । भोट हाल्न मेसिन ठड्याइएका छन् । बाहिर पोष्टरहरुको थुप्रो लागेको छ । नाम लोकतन्त्रको छ । काम सारा अलोकतान्त्रिक भइरहेको छ । बुधबार पार्टी नेतृत्वको कमजोर व्यवस्थापनका कारण वाक्क प्रतिनिधिहरु नै घर फर्किन थालिसकेका थिए । उद्घाटन् सत्रदेखि निर्वाचन प्रकृयासम्ममा देखिएको भद्रगोल अवस्थाले रास्वपा कुनै पनि कोणबाट पुराना दलहरुभन्दा फरक देखिएन ।
प्रतिनिधि व्यवस्थापनमा हदैसम्मको कमजोर व्यवस्थापन ः
महाधिवेशन प्रतिनिधि टुंग्याउने र उनीहरुको व्यवस्थापनका सवालमा रास्वपा नेतृत्व पूर्णयता असफल जस्तै देखियो । बन्दसत्रमा सहभागी हुने प्रतिनिधिबारे विवाद हुँदा बन्दसत्र नै एक दिन धकेल्नुप¥यो । प्रतिनिधिहरुलाई मंगलबार बल्ल परिचयपत्र वितरण गरिएको थियो । कतिपय प्रतिनिधिहरुले आफ्नो नाम सूचीबाट हटाइएको दाबी गरेका थिए । यति मात्र होइन, रवि लामिछानेसँग सभापतिमा चुनाव लड्ने घोषणा गरेकै कारण भोला साह कानु प्रतिनिधि बन्नबाटै वञ्चित बनेका थिए । त्यसपछि प्रतिनिधिहरुको सूची टुंग्याउन सकस परेकै कारण बुधबार पनि कार्यतालिका प्रभावित भयो । जबकि को, कति प्रतिनिधि हुने उनीहरुका परिचयपत्र महाधिवेशन सुरु नहुँदै छापिनुपर्ने थियो । ढिलो गरी सुरु भएको निर्वाचन प्रक्रिया पनि भद्रगोल भएको छ । निर्वाचन प्रक्रिया लम्बिँदै गएपछि रवि र बालेन निकटका धेरै जसो उम्मेदवारहरु नै महाधिवेशनस्थल छोडेर हिँडेका छन् । केहीले उम्मेदवारी समेत फिर्ता लिएको चर्चा छ ।