काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशको मुहार फेर्न ल्याएको आगामी आर्थिक वर्षको बजेट पारित हुनु अगाडि सदनमा त्यसमाथि दैनिक छलफल चल्यो । तर, संसदीय अभ्यासमा अनुभवी र प्रतिपक्षी दलका नेता रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सदनमा देखिएनन् । छलफलमा भाग लिनु त परैको कुरा, प्रचण्ड संसद् बैठकमा समेत उपस्थित हुन छाडेका छन् । बजेट भाषणको भोलिपल्ट अर्थात् जेठ १६ गते अस्वस्थ भएपछि अस्पताल भर्ना भएका उनी जेठ २० गते डिस्चार्ज भएका थिए । केही दिनको आरामपछि सार्वजनिक र पार्टीका कार्यक्रममा देखिए पनि उनले संसद् भवनमा पाइला टेकेका छैनन् । पार्टी जतिसुकै कमजोर भए पनि राष्ट्रिय राजनीतिलाई आफूमा केन्द्रित राख्न चतुर नेकपा संयोजक प्रचण्ड अहिले वास्तवमै निरीह बनेका छन् । सदनमा कमजोर उपस्थितिका कारण उनी ‘रुझेको बिरालो’ जस्तो देखिएका छन् भने, पार्टीभित्र पनि नेतृत्व परिवर्तनको मुद्दाले दबाबमा पारेको छ ।
देश


प्रतिक्रिया