देश

देउवामाथि निरन्तर बज्रपात, देशका लागि लडे, देशै छोडे, आरजु र ओलीले डुबाए, निर्घात कुटिँदा सबै मौन (भिडियोसहित)

योहो संवाददाता

०८३ असार १ गते अर्थात, शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दिन । केपी शर्मा ओलीले विगतमा कसैलाई पनि सहजै सत्ता हस्तान्तरण नगरेको रेकर्ड तोड्ने दिन । जुन दिन ओलीले औँला भाँचेरै गनेर बसेका थिए । तर, बन्न नसकेका प्रधानमन्त्री देउवा ‘मलाई पक्राउ नगरिदेऊ’ भन्दै सरकारलाई चिठ्ठी काट्नु पर्ने नियतिमा छन् । ओली कुन बेला सरकारले पक्राउ गर्छ भन्ने त्रासमा छन् । सरकार चाहिँ बालेन शाहले चलाइरहेका छन् ।
सबैभन्दा समस्यामा कोही छन् भने ती हुन् देउवा । जेनजी आन्दोलनमा सबैभन्दा धेरै दण्ड उनले नै पाउनुप¥यो । व्यवस्था ढल्दा राजाले देश छोडेनन् । तत्कालीन प्रधानमन्त्री ओलीले देश छोडेनन् । तर, देउवाले देश छोड्नुप¥यो । दुईतिहाइको अंकगणित छ भन्दैमा ओलीलाई मनलाग्दी गर्न दिएको परिणाम स्वरुप उनी सातपटक प्रधानमन्त्री बन्ने अंकगणित समेत बिग्रिएको छ । अहिले देउवा चौतर्फी घेराबन्दीमा परेका छन् । पार्टी सभापति छोड्छु भनेकै थिए । सभापति नै छोडेपछि प्रधानमन्त्री नछोड्ने कुरै थिएन । उनी व्यक्तिगत रुपमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा मात्र परेका हुन् । कार्की आयोगले सम्पत्ति छानबिन गर्न भन्यो । तर, उनीमाथि भएको अमानवीय गतिविधिबारे केही बोलेन, कम्तिमा मानवअधिकार आयोग त्यो क्रुर घटनाबारे बोल्नुपथ्र्यो । तर, आयोग पनि बोल्न सकेन । अकुत सम्पत्ति कमाएको पुष्टि छानबिनले गरेछ भने उनले उन्मुक्ति पाउनुपर्छ भन्ने होइन । किनकि भदौ २४ गते बुढानीलकण्ठ ढाक्ने गरी उडेका स्वदेशी÷विदेशी नोटहरुले दालमा कालो देखिसकेको छ । उनलाई त्योभन्दा समस्या पारेको छ पत्नी आरजुले । उपचार गर्न उनै आरजुले देउवालाई सिंगापुर लगेकी हुन् ।