देश

फेरि अध्यादेश ल्याउँदै बालेन !, गिरिजाकै शैलीमा १४ हजारको जागिर जाँदै, सुधनले काण्ड खोल्दै (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— सरकार सञ्चालनको तीन महिनामा समेत सोचअनुरूपको परिणाम नआएपछि बालेन सरकारले कर्मचारीमाथि दबाब बढाउँदै गएको छ । जनताको उच्च आकांक्षाका बीच बनेको प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार कर्मचारीलाई सेवाबाट अवकाश दिने आन्तरिक तयारीमा छ । यसलाई सरकारले नतिजामा अवरोध हटाउने योजनाका रूपमा अघि सारेको छ । त्यति मात्र होइन, प्रधानमन्त्रीले कर्मचारीले भनेअनुरूप काम नगरे राम्रो नहुने भन्दै चेतावनी दिन थालेका छन् । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसीलाई राहदानी छपाइ ठेक्का प्रकरणमा अख्तियारले पक्राउ ग¥यो । तर, पछि खुलासा भयो– त्यो प्रधानमन्त्री बालेनको दबाबमै भएको हो । सोमबार दिउँसो प्रधानमन्त्री शाहको सचिवालयले अख्तियार प्रमुख प्रेमकुमार राईलाई सिंहदरबार बोलाएर राहदानी छपाइ ठेक्का प्रकरणमा तत्काल अनुसन्धान अगाडि बढाउन दबाब दिएका थिए । प्रधानमन्त्रीले तुरुन्त अनुसन्धान नगरे ‘राम्रो नहुने’ धम्की दिएको बुझिएको छ । अनुसन्धानको प्रगति र प्रक्रियाबारे अख्तियारको ब्रिफिङ सुन्नुभन्दा पनि प्रधानमन्त्री राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसीलाई पक्राउ गर्नुपर्ने अडानका साथ प्रस्तुत भएका थिए । तर, प्रधानमन्त्रीको सचिवालय भने यसलाई दबाब नभई अनियमितता भएपछि गरिएको कानुनी कारबाहीको पाटो भएको दाबी गर्दै आएको छ । त्यति मात्र होइन, सरकार अध्यादेश ल्याएरै भए पनि कर्मचारीलाई अवकाशमा पठाउने तयारीमा छ ।