काठमाडौं– पछिल्लो समय नेपालमा भएको राजनीतिक परिवर्तनले छिमेकी देशहरू केही हदसम्म खुसी देखिन्छन् । नेपालमा पाँच वर्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार बनेसँगै उनीहरू सहकार्य गर्न तत्पर देखिन्छन् । यद्यपि, नयाँ सरकारले कस्तो नीति अवलम्बन गर्छ भन्नेमा चीन र भारत दुवै सशंकित छन् । यसैबीच छिमेकी देशको भ्रमणका क्रममा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अपेक्षा र प्राथमिकता प्रस्टसँग राखेपछि चिनियाँ पक्षले पनि आफ्ना अपेक्षाहरू स्पष्ट पारेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले खनालसँगको भेटमा परिवर्तित सरकारसँग सहकार्यमा समस्या नरहेको सन्देश मात्र दिएनन्, भूराजनीतिक आयामलाई पनि जोड दिएका छन् । खनाल–वाङ यी भेटपछि जारी विज्ञप्तिहरूले यही संकेत गरेका छन् । पछिल्ला दिनहरुमा अमेरिकी अधिकारीहरूको निरन्तरको नेपाल भ्रमणले ‘तिब्बतविरोधी’ गतिविधि बढ्ने डर चीनमा देखिन्छ । त्यति मात्र नभएर, वर्तमान सरकारले चीनसँगको पुरानो नीति परिवर्तन गर्न सक्ने आशंका पनि बेइजिङले गरिरहेको थियो । ती सबै आशंकालाई चिर्दै परराष्ट्रमन्त्री खनालले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहो¥याएका छन् । साथै, विगतका सम्झौता र सहमति कार्यान्वयन गर्ने तथा नेपालमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धतामा उनले विश्वास दिलाएका छन् ।
देश


प्रतिक्रिया