देश

रमेश प्रसाईंको झटारो, बालेनमाथि खनियो एमाले, सदनका कुर्सी खाली, मन्त्री र सांसद हाजिर गरेर टाप (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रतिनिधि सभाको बैठकमा अधिकांश सांसदहरूले देशको सीमा सुरक्षालाई लिएर आवाज उठाएका छन् । नेपालको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले गरेको अनधिकृत प्रवेश र हस्तक्षेपप्रति सांसदहरूले आपत्ति जनाएका हुन् । बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाए । विपक्षी दलहरूले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएपछि सभामुखले उनीहरूलाई बोल्ने समय दिएका थिए । नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्मा अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका सन्दर्भमा जवाफ मागेकी थिइन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरतराज गिरीले नवलपरासीको सुस्तावासीले विनावर्दी भारतीय सुरक्षाकर्मी (एसएसबी) को हस्तक्षेपप्रति सिपाही बनेर देखाएको अदम्य साहसप्रति सम्मान व्यक्त गर्दै सीमा क्षेत्रमा रहेका नेपालीहरूप्रति सरकार संवेदनशील हुनुपर्ने माग गरे ।