काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेको तीन महिना नपुग्दै केही सकारात्मक कार्यहरू भएका छन् । तर, छोटो समयमा सरकारले गरेका ती कामलाई छायामा पार्ने गरी प्रतिपक्षले सरकारविरुद्ध लड्न थुप्रै मुद्दाहरू भेटेका छन् । प्रतिपक्षलाई प्रश्न उठाउने ठाउँ सरकार स्वयंले दिएको हो । प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएका अभिव्यक्ति हुन् वा मन्त्रीहरूका विवादास्पद कार्यशैली, यी विषयले प्रतिपक्षलाई एकढिक्का बनाएको छ । राष्ट्रियता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको कच्चा अभिव्यक्ति र मन्त्रीहरूको पदप्रतिको स्वार्थले सरकार आलोचनाको केन्द्र बनिरहेको छ । यता, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालको शय्याबाट तंग्रिन नपाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगन थापा भने सरकार र रास्वपालाई नै ललकार्न थालेका छन् ।
देश


प्रतिक्रिया