काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन भएकामध्ये करिब ९० प्रतिशत जिल्लामा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ भने १२ जिल्लामा अधिवेशन प्रक्रियामा नै रहेको छ । केही जिल्लामा मतदान भई मतगणना भइरहेको छ । मधेश प्रदेशका आठवटै जिल्ला— महोत्तरी, रौटहट, सिरहा, पर्सा र सर्लाहीमा अधिवेशन निर्वाचनको चरणमा छ । धनुषा, सप्तरी र बाराको अधिवेशन मंगलबारका लागि तय गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको अधिवेशन नेतृत्व चयनकै क्रममा विवादित बनेपछि रद्द भएको छ । काभ्रेका सांसद मधुकुमार चौलागाईंको नेतृत्वमा निर्वाचन समिति गठन गरिए पनि त्यहाँ अधिवेशन हुन सकेन । डोल्पा, रुकुम पूर्व, मनाङ र मुस्ताङ गरी चार जिल्लामा भने अधिवेशन भएको छैन । यद्यपि, रास्वपाले ५६ जिल्लामा नयाँ नेतृत्व पाएको छ ।
देश


प्रतिक्रिया