काठमाडौं— प्रधानमन्त्रीले सदनलाई सम्बोधन नगरेको र प्रधानमन्त्री बोल्दै नबोल्ने भन्दै प्रतिपक्षको चौतर्फी घेराबन्दीमा परेका बालेन शाहले ‘सरप्राइज’ दिँदै सदनमा उठेका प्रश्नको जवाफ दिए । तर, जवाफ दिने क्रममा जानी–जानी हो वा जिब्रो चिप्लिएर, उनले ‘भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको सिमाना मिचेको छ, टेबल टक गरेर मिलाउँछौँ’ भनेपछि उनी विवादमा तानिएका छन् । निर्वाचनमा पत्तासाफ भएर एजेन्डाविहीन बनेका र गुमनाम भएका पात्रहरू पनि यतिबेला जुरमुराउँदै बौरिन थालेका छन् । फलतः भीम रावलदेखि नेत्रविक्रम चन्दसम्मलाई फेरि एकाएक ‘राष्ट्रियताको भूत’ चढेको छ । अहिले प्रधानमन्त्री शाह मात्र होइन, सभामुख डोलप्रसाद अर्याल पनि विवादमा तानिएका छन् । प्रधानमन्त्री नबोल्दा विरोध, बोल्दा झनै विरोधको अवस्था सिर्जना भएको छ । सभामुख संसदको नियमावली नै नपढी हचुवाका भरमा प्रस्तुत भएको र सदनलाई पेलेरै अगाडि बढाएको भन्दै आलोचना भइरहेको छ । सरकार प्रमुख र व्यवस्थापिका प्रमुख दुवै विवादमा परेपछि संसदको गाँठो कसरी फुक्ला भन्ने प्रश्नचिह्न खडा भएको छ ।
देश


प्रतिक्रिया