वागमती

कार्यविनायक मन्दिरमा सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

योहो संवाददाता

ललितपुर । ललितपुर स्थित द वन्डरल्याण्डको आयोजनामा कार्यविनायक मन्दिरमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लवको चाटर प्रेसिडेन्ट अन्जन श्रेष्ठको आतिथ्यतामा सम्पन्न कार्यक्रममा वन्डरल्याण्डका कर्मचारी तथा कार्यविनायकका स्थानीयसहित ५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । यस्तो अभियान आगामी दिनहरुमा पनि निरन्तर आयोजना गर्ने वाण्डरल्याडका बजार प्रमुख निक्की महर्जनले बताइन् ।
कार्यक्रममा वन्डरल्याण्डका कर्मचारीहरू सक्रिय रूपमा सहभागी भई मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूको सरसफाइ गरेका थिए । सहभागीहरूलाई सरसफाइ कार्यका लागि आवश्यक मास्क र ग्लोभ्स वितरण गरिएको थियो ।
साथै, कार्यक्रम अवधिभर सहभागीहरूको स्वास्थ्य र उत्साहलाई ध्यानमा राख्दै जुस वितरण पनि गरिएको थियो । कार्यक्रममा आफ्नो होटेल, घरबाट निस्केको फोहोर वर्गीकरणको आधारमा व्यवस्थापन गर्न र घर आंगन सफा राख्न अनुरोध गरिएको थियो ।


यस कार्यक्रमले वातावरण संरक्षण, स्वच्छता प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ ।