समाज

भोटेकोशी बाढीपीडित सहयोगार्थ सौर्य र रिद्धि सिद्धि सिमेन्टले सरकारलाई १ करोड १ लाख सहयोगको चेक हस्तान्तरण।

योहो संवाददाता

काठमाडौं । भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ गरी कुल १ करोड १ लाख रुपैयाँको चेक कम्पनीका अध्यक्ष हरि न्यौपाने र निर्देशक पूर्ण भद्र पौडेलले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
बाढीबाट प्रभावित नागरिकको पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्य दुवै कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्थानान्तरण हुने गरि हस्तान्तरण गरेका हुन्। विपद्को समयमा पीडित नागरिक र सुमदाय लक्षित सहयोग सरकारको आधिकारिक संयन्त्रमार्फत परिचालन गर्दा वास्तविक पीडित समक्ष पुर्‍याउन सहज हुने भएकाले सरकारी च्यानलमार्फत रकम हस्तान्तरण गरेको न्यौपानेले बताए ।
न्यौपानेले बाढीबाट प्रभावित नागरिकको पुनर्निर्माणमा उक्त रकम उपयोगी हुने विश्वास व्यक्त गर्दै विपद्को कठिन अवस्थामा निजी क्षेत्र सरकार र नागरिकको साथमा आफुहरु उभिने प्रतिबद्दता दोहोर्याएक थिए। भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै १४ वटा जलबिधुत गृह, निजि तथा सरकारी घर, बिद्यालय, सडक, पुल, होटल लगायतका भौतिक संरचनामा समेत ब्यापक क्षति पुर्‍याएको छ। हजारौ दिबंगत आत्माको चिरशान्तीको कामना गर्दै शोक मा डुबेका परिवारजनमा कम्पनीले समबेदना प्रकट गरेको छ। नागरिकको स्वास्थ्य र जिउधन भन्दा ठूलो अरु केहि नहुने हुँदा मानबिय सेवा आफ्नो धर्म रहेको निर्देशक पौडेलले बताए।