काठमाडौं— झन्डै दुईतिहाइ विशाल जनमतसहित बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सबैलाई लागेको थियो, सरकार सहुलियतको बाटोमा जान्छ । तर, सरकार भने नागरिकलाई एकपछि अर्को आर्थिक भार र ऋण बोकाउने काममा अघि बढेको छ । अहिले रास्वपा सांसदहरुले ३५ वर्षमा केही पनि नभएको भाष्य बनाइरहँदा यो ३५ वर्षमा पाएको सहुलियत समेत सरकारले खोस्न अग्रसर भएपछि आलोचना सुरु भएको छ । हुन त जनतालाई सहुलियत दिनेमा होइन, पैसा कमाउनतर्फ सरकार लागेको छ । प्रधानमन्त्री बालेन शाहले संसदको रोष्ट्रमबाटै आत्मविश्वासभन्दा पैसा बढाउनतर्फ ध्यान गएको बताएका थिए, त्यही कारण हुनुपर्छ संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेका अधिकारमा समेत कर लागिरहेको छ । डर छ, अब कतै स्वास फेर्दा पनि कर लाग्ने त होइन ?
देश


प्रतिक्रिया