देश

बालेनको क्रेजी मधेश, किन बढ्दैछ असन्तुष्टि ?, रास्वपामै भाँड्भैलो, अमरेशले देखेको छटपटी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— ‘अति गरेपछि खति हुन्छ’ भनेझैँ, फागनु २१ को निर्वाचनमा आफूलाई मधेशको मसिहा ठान्ने मधेशवादी दलहरूको ‘खुद्रे सटर’ बन्द भयो । त्यसमाथि मधेश प्रदेश सरकारबाट पनि ती दलहरू बढारिएपछि अहिले मधेश प्रदेशको राजनीति ऐतिहासिक मोडमा पुगेको छ । संविधान जारी भएपछि निरन्तर प्रभाव जमाउँदै आएका मधेश केन्द्रित दलहरू पहिलोपटक पूर्ण रूपमा सत्ता बाहिर पुगेका छन् । आठ वर्षसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रदेश सरकारको नेतृत्व वा सत्ता साझेदारीमा रहेका जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अहिले मधेश प्रदेशमा प्रतिपक्षी बेन्चमा छन् । गणतन्त्र स्थापनापछि कुनै न कुनै नाममा मधेशवादी दलका नेताहरूको सत्तामोह खुबै देखिन्थ्यो, तर अहिले सबै गुमेपछि मधेशवादी दलका नेताहरूको छटपटी विचित्रको छ ।