काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापालाई अहिले देउवा पक्षले दबाब सिर्जना गरिरहेको छ । प्रदेशस्तरीय भेलादेखि सदस्यता अद्यावधिक नगर्ने र यदि कारबाही गरे सानेपाबाट निकाल्नेसम्मका ‘थ्रेट’ देउवा पक्षले दिइरहेको छ । विशेष महाधिवेशनबाट नेतृत्व हत्याएका गगन थापाले निर्वाचन आयोग र अदालतसम्मको कानुनी लडाइँ जिते पनि देउवा पक्षलाई समेट्न नसक्दा यो जित पनि हारजस्तै बनेको छ । निवर्तमान सभापति शेरबहादुर देउवाको दुखद बहिर्गमनपछि आक्रामक बनेको देउवा पक्ष निर्वाचनमा मौन थियो । निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि उनीहरू अहिले झनै जुरुमुराएका छन् । विशेष महाधिवेशनबाट गगनले पार्टी आफ्नो हातमा त पारे, तर अहिले ‘सात भाइ’ ले उनलाई ¥याख¥याख्ती पारिरहेका छन् । नेपाली कांग्रेसले अहिले वडामा सदस्यता अद्यावधिक गर्ने अभियान चलाएको छ । त्यसमा देउवा पक्ष सहभागी नहुने अडानमा छ । तर, पार्टी निर्णयभन्दा बाहिर गए वडा सभापतिलाई समेत कारबाही गर्ने चेतावनी नेतृत्वले दिँदै आएको छ । यता देउवा पक्षले कसैलाई सदस्यता अद्यावधिक नगरेकै कारण कारबाही गरे सभापतिलाई पार्टी मुख्यालय सानेपाबाट निकाल्नेसम्मका धम्की दिँदै आएको छ ।
देश


प्रतिक्रिया