काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको शक्तिशाली सरकारका प्रधानमन्त्री बालेन्द्र शाह थप शक्तिशाली बन्ने बाटोमा अग्रसर छन् । संसद, सरकार र अदालत देशका तीनै अंगमा आफ्नो अधिपत्य स्थापना गर्न खोजेका छन् । कर्मचारी प्रशासनमा क्रमभंगता गरिसकेका छन् । अब संवैधानिक निकायका पदाधिकारी फेर्न पाए थप शक्तिशाली बन्ने बालेनको उद्देश्य पूरा हुनेछ । यसलाई धेरैले सहज रुपमा परिणाम निकाल्ने अस्त्र भनेका छन् भने अर्को पक्षले सबै क्षेत्रमा कार्यपालिकाको हस्तक्षेपको रुपमा व्याख्या गरेका छन् । चाडै परिवर्तनको महसुस गराउन प्रधानमन्त्री झनै शक्तिशाली हुनुपर्ने बुझेका उनी सम्पूर्ण शक्ति आफू केन्द्रित गर्न खोजिरहेका छन् । जुन उनी प्रधानमन्त्री बन्नु अघिदेखि नै प्रधानमन्त्री शक्तिशाली नबने सरकार सफल हुन नसक्ने उनीहरुको आन्तरिक विश्लेषण थियो । यही योजनाअनुसार शाह अघि बढेका हुन् । यतिसम्म कि पछिल्लो समय न्यायालयमा गरिएको क्रमभंगतालाई समेत कार्यपालिका बलियो बन्ने गरिको कदमको रुपमा व्याख्या गरिन थालिएको छ ।
देश


प्रतिक्रिया