अध्यादेशको अड्चन सकिएसँगै प्रधानमन्त्री बालेन शाहले अब शक्तिशाली प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गरेका छन् । योसँगै हाल कायममुकायमको जिम्मेवारीमा रहेकी सपना प्रधान मल्ल नै प्रधानन्यायाधीश बन्छिन् वा अरु कोही ? कौतुहलता सुरु भए को छ । सरकारमाथि थप दबाब बढेको छ । किन कि चुनावताका अदालत पनि दलीय चंगुलमा फसिसकेकाले सुधार्नुपर्ने एजेण्डा रास्वपाको थियो । अहिलेसम्म चर्चामा आएका धेरैजसो न्यायाधीशमाथि दलीय छाप छ । दलीय कोटामै नियुक्त भएकाहरु छन् । बालेनले अप्ठ्यारो परेका सबै कानून अध्यादेश ल्याएर संशोधन गरिसकेका छन् । अब मात्र सुधार र सुधार गर्ने पात्र चाहिएको छ । अब अदालतको सुधार गर्ने पात्रको खोजी सुरु भएको हो । यही बेला प्रधानमन्त्री शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बिहीबार बस्ने बैठकले प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्नेछ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारले आफू अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्न अध्यादेशमार्फत कानून संशोधन गरेको भन्दै सरकारमाथि शंका गरेको छ ।
देश


प्रतिक्रिया