काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित एकसे एक विज्ञ व्यक्तित्वहरू सांसद छन् । वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको दल रास्वपालाई जनताले झन्डै दुईतिहाइ बहुमतसहित एकल सरकार गठनको म्यान्डेट दिएपछि अहिले सरकार बनेको हो । त्यही शक्तिशाली सरकारको नेतृत्व बालेन शाहले गरिरहेका छन् र सरकारको शक्ति केन्द्र पनि उनै बालेन शाह हुन् । रास्वपाबाट १८२ जना सांसद प्रतिनिधिसभामा निर्वाचित छन् । तर, विवादमा तानिएपछि अनुसन्धानमा सघाउने भन्दै राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङको जिम्मेवारी समेत प्रधानमन्त्रीले आफैँले सम्हालेका छन् । सरकार गठन गर्दा नै प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय भने आफैँसँग राखेका थिए । अहिले गृहमन्त्री गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय पनि आफैँसँग राखेका छन् । यसको अर्थ प्रधानमन्त्री बालेन र सुधनबाहेक अरू काबिल सांसद रास्वपामा छैनन् भन्ने पक्कै होइन । बालेनको भित्री योजना के छ र उनले सुरक्षा संयन्त्रअन्तर्गतका मन्त्रालयहरू नै किन आफैँसँग राखेका छन् भन्ने चासो समेत बढ्दो छ । सुधनले गृहबाट राजीनामा दिएको हप्ता दिन पुग्न लाग्यो, तर अब को बन्छ वा कसलाई गृहमन्त्री बनाइँदै छ भन्ने कौतुहलता उत्तिकै छ ।
देश


प्रतिक्रिया