काठमाडौं— कुनै समय अहिलेको सबैभन्दा चर्चामा रहेको दल रास्वपा, संसद्मा जम्मा २१ सिटसहित प्रतिपक्षको भूमिकामा थियो । जहाँ नेपाली कांग्रेस र नेकपा (एमाले) को झन्डै दुई–तिहाइको सरकारलाई रास्वपाका २१ जना सांसद नै भारी पर्थे । त्यतिबेला रास्वपाका सांसदहरू भन्ने गर्थे— सुशासनका कुरा उठाउँदा सरकारले बोल्नै दिएन ।
तर, यिनै सांसदहरू जब जवाफ दिने ठाउँमा पुगे, तब बोल्नै नसक्ने भएका छन् । प्रतिपक्षमा हुँदा सधैँ खरो आलोचक र आक्रामक देखिएका उनीहरू देशको पूरै शासनसत्ता आफ्नै हातमा हुँदा प्रश्नबाट भाग्नुपर्ने अवस्थामा पुगेका छन् । जसका कारण उनीहरू अहिले सामाजिक सञ्जालमा ट्रोल बनिरहेका छन् ।
देश


प्रतिक्रिया