काठमाडौं— नेपाली राजनीतिको एउटा नयाँ युग ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बालेन्द्र शाहले प्रधानमन्त्रीको पदभार सम्हालेको आज २१ दिन पुगेको छ । दुईतिहाइको बलियो समर्थन बोकेको यो सरकारले मन्त्रीदेखि सभामुखसम्म र प्रमुख सचेतकदेखि सचेतकसम्मको शक्ति बाँडफाँडलाई पूर्णता दिएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले ‘मिनी संसद’ मानिने संसदीय समितिहरुको नेतृत्वका लागि उम्मेदवारहरुको टुंगो लगाउँदै सत्ताको अन्तिम भागबण्डा पनि टुङ्ग्याएको छ । संसदीय दलको बैठक बसेर दलका नेता बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले २ संयुक्तसहित १० एकल समितिका सभापति रास्वपाका लागि तोकेका हुन् । यता, सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्ष दललाई दिइएको छ । जहाँ नेपाली कांग्रेसले रसुवाबाट निर्वाचित मोहन आचार्यलाई पठाउन चाहे तापनि प्रतिपक्ष दलहरूले पहिलो पटक संयुक्त बैठक बसेर सहमति जुटाउँदै भरतबहादुर खड्काको नाम छनोट गरेका छन् ।
देश


प्रतिक्रिया