काठमाडौं— प्रधानमन्त्रीको उच्च महत्त्वाकांक्षासहित पार्टीभित्र विद्रोह गरेर सभापति शेरबहादुर देउवा पक्षलाई ‘बाइपास’ गरी विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व गगन थापाले हत्याएका थिए । तर, सभापति थापाले न आफूले चाहेजस्तो पार्टीको राजनीतिक वातावरण बनाउन सके, न त उनका कुनै योजना नै सफल भए । महाधिवेशनलगत्तै निर्वाचनमा होमिएको कांग्रेसले ऐतिहासिक रूपमा लज्जास्पद हार मात्र व्यहोरेन, त्यसको सबै अपजससमेत गगनमाथि नै थुप्रिएको छ । फलतः निर्वाचनमा चुप बसेको देउवा पक्षमाथि गगन समूहले पटक–पटक बैठक बस्नेदेखि विज्ञप्ति निकाल्नेसम्मका दबाब बढाइरहेको छ । पार्टीको क्रियाशील सदस्यदेखि हरेक गतिविधिमा एक पक्षले अर्को पक्षलाई ‘काउन्टर’ दिइरहेका छन् । नयाँ सरकार बनेपछि बसेको पहिलो अधिवेशन सकिँदा समेत पार्टीले संसदीय दलको नेता छान्न नसक्नु अर्को कमजोरीका रूपमा देखिएको छ । अन्य सबै दलले संसदीय दलको नेता चयन गरिसक्दा प्रमुख प्रतिपक्षी दल नै कमजोर साबित भएको छ । पार्टीको संसदीय दलको नेतामा गगनका ससुरा अर्जुननरसिंह केसीलाई रोक्न पार्टी उपसभापति विश्वप्रकाश शर्मा नै लागेका छन् ।
देश


प्रतिक्रिया