काठमाडौं— वालेन सरकार गठनको सुरुकै दिन हाइप्रोफाइललाई पक्राउ गरेर आक्रामक सुरुवात गरेको थियो । तर ‘हतारको काम लतरपतर’ भनेझैँ अहिले सरकारलाई आफ्नै कदमले ब्याक फायर भएको छ । वालेन सरकारका गृहमन्त्री सुधन गुरुङ, जो सामाजिक सञ्जालमा हाइप्रोफाइल पक्राउलाई क्रिकेटको ‘विकेट काउन्टिङ’ झैँ गणना गर्थे, उनी अहिले छुटेकाहरूको अङ्क गनेर बस्नुपर्ने अवस्थामा छन् । १० जना हाइप्रोफाइल पक्राउ परेकामा हालसम्म ६ जना छुटिसकेका छन् भने ४ जना मात्रै हिरासतमा छन् । सरकार बनेको २४ घण्टा नबित्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेको सरकारको कदम ‘पक्राउका लागि पक्राउ’ गरेको जस्तो देखिएको छ । पहिलो मन्त्रिपरिषद् बैठकमै जेनजी आन्दोलनका घटना छानबिन गर्न बनेको कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भयो । त्यसपछि पूर्वप्रधानमन्त्रीदेखि तत्कालीन सिडिओसम्म पक्राउ परे । तर, कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमै सरकार चुकेको छ ।
देश


प्रतिक्रिया