काठमाडौं— बालेन शाहको नेतृत्वमा रास्वपाको दुईतिहाइको सरकार बन्ने भन्दै चुनावका बेला एआईको व्यापक प्रयोग गरी देश विकासका सपना बाँडिएका भिडियो सामग्रीहरूको खुब प्रचार भयो ।
निर्वाचनपछि बालेन शाह नेतृत्वमा सरकार बनेपछि पनि जनतामा त्यस्तै अपेक्षा छ । तर, अहिले नेताहरूले भने आफ्नो जवाफदेहिता पन्छाएर कमिकमजोरी लुकाउन एआईलाई ढाल बनाइरहेका छन् । रोचक त के छ भने, रास्वपाको जित र आफ्नो हारलाई समेत कतिपयले एआईकै संज्ञा दिइरहेका छन् । केही दिनअघि रास्वपा सांसद आशिका तामाङले आफ्नो टिकटक आईडीमा नेपालको संविधान हातमा लिएर हिन्दी गीतमा अभिनय गरेको भिडियो सार्वजनिक गरिन् । त्यसपछि ‘सांसद तामाङले संविधान पढ्दै’ जस्ता समाचारहरू पनि सार्वजनिक भए । चैत २२ गतेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीले ‘तपाईंले नेपालको संविधान हातमा लिएर टिकटक बनाउनु भयो नी ?’ भनेर सोधेको प्रश्नमा उनको जवाफ थियो— “त्यो एआई हो ।”
देश


प्रतिक्रिया