देश

रविलाई साँधेको प्रतिशोध ओलीमाथि बज्रियो, सुधनले बालेन डुबाउँदै, हतार गर्दा ब्याकफायर,ओलीपथको झल्को (भिडियोसहित)


काठमाडौं— कसैले विश्वास नगरेका, अनुभव नभएका, अपरिपक्व र फुच्चे भनेका गृहमन्त्री सुधन गुरुङ । नपत्याउने खोलाले बगायो । केपी ओली र रमेश लेखकमाथि कारबाहीको डण्डा चलायो । गृहमन्त्रीको शपथ खाएको २४ घण्टा नबित्दै ओली र लेखकलाई पक्राउ गरेपछि यो निर्णयले राजनीतिक वृत्तमा हलचल मच्चाएको छ । सरकारको यो निर्णयलाई कतिले हतारो भनेका छन् भने कतिले आवश्यक भनेका छन् । एमालेले भने सडक संघर्षकै बाटो रोजेको छ । ओली र लेखकलाई पक्रन प्रहरीले गरेको यो हतारोलाई धेरैले राजनीतिक प्रतिषोध भन्दा गृहमन्त्री गुरुङले भने न्यायको सुरुवात भनेका छन् ।
त्यो न्याय हो कि प्रतिषोध त्यो हेर्नुभन्दा पहिले २०८१ चैत २१ गतेको दृष्य सम्झनुपर्ने हुन्छ । जतिबेला दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली थिए । जेलबाट छुटेर आएको दुई महिनापछि चितवनमा कार्यक्रम गरेरै हिरासतमा राखिएका बेला सरकारले गरेको व्यवहारबारे घोषणा गर्ने सम्भवतः तयारी थिए ।