काठमाडौं— जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आफ्नो म्यान्डेटअनुसार सफलतापूर्वक निर्वाचन सम्पन्न गरिन्, जसका कारण उनको चौतर्फी प्रशंसा पनि भयो । तर, विडम्बना ! जुन आन्दोलनले उनलाई प्रतिकूल अवस्थामा देशको नेतृत्व गर्ने अवसर दियो, त्यही आन्दोलनको छानबिन प्रतिवेदनलाई अलपत्र पारेर उनी सिंहदरबारबाट बिदा भइन् । आफैँले गठन गरेको आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने हिम्मत नगर्दा उनीमाथि प्रश्नहरू उठेका थिए । अहिले ‘जनआस्था’ पत्रिकाको अनलाइन संस्करणले आयोग स्रोतबाट प्राप्त गरेको भन्दै प्रतिवेदनका सनसनीपूर्ण तथ्यहरू बाहिर ल्याएको छ । योसँगै राजनीतिक वृत्तमा हलचल ल्याएको छ । प्रतिवेदनले भदौ २३ गतेका घटनाका दोषीमाथि कारबाहीको सिफारिस गरेको छ भने २४ गतेको घटनाबारे सरकारलाई छानबिन गरी दोषी पत्ता लगाउन सुझाव दिएको छ ।
देश


प्रतिक्रिया