काठमाडौं— आफ्नो नेतृत्वमा पार्टी चुनावमा होमिँदा आएको परिणामका कारण नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिए । इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पार्टी पुगेपछि थापाले नैतिकता देखाउँदै राजीनामा दिँदा कांग्रेसको भन्दा गएगुज्रेको हालत नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोगेको छ । कांग्रेसले कम्तीमा प्रत्यक्षतर्फ १८ सिट जित्दा नेकपाले दोहोरो अङ्क पनि छुन सकेन । देशैभरबाट जम्मा ८ सिट मात्रै जित्दा पनि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसको जिम्मेवारी लिन तयार छैनन् । थोरै भए पनि नैतिकताको प्रदर्शन गरेर पार्टी ओरालो लाग्दाको जिम्मा लिनुको साटो उल्टै आफ्नो असक्षमतालाई ढाकछोप गर्नतर्फ उनी लागेका छन् । पार्टीको गिर्दाे लोकप्रियतालाई स्वीकार्न नसकेका उनी ‘अन्तर्घात’ भएको रटानमै रमाइरहेका छन् भने आफ्नै नेता–कार्यकर्तालाई कारबाही गर्नुपर्ने पक्षमा जोड दिन थालेका छन् ।
देश


प्रतिक्रिया