काठमाडौं— रास्वपाबाट ३१ जना विद्यावारिधि (पीएचडी) र १६ जना इन्जिनियरसहित एकसे एक बौद्धिक व्यक्तिहरू सांसद बनेका छन् । यसले पार्टीमा ठूलो उत्साह जगाएको छ । रास्वपाको यो लहरमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साह निकटका साथै बाहिरका मानिसहरू पनि सांसद बनेका छन् । यद्यपि, रास्वपाको लहरमा घण्टी चिह्न लिएर जितेका केही सांसदहरू भने अहिले चर्चा र आलोचनाको घेरामा छन् । विशेष गरी, विद्रोही स्वभावका केही सांसदहरूले पार्टीको ह्विप र अनुशासन पालना गर्लान् कि नगर्लान् भन्ने चासो रास्वपाको मूलधारमा देखिएको छ ।
देश


प्रतिक्रिया