काठमाडौं— नेपाली राजनीतिको मियोको रुपमा रहेको नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन र पेचिलो मोडमा उभिएको छ । विशेष महाधिवेशनबाट ‘रुपान्तरण र नेतृत्व’को हुटहुटीसहित बागडोर सम्हालेका गगन थापाले अन्ततः निर्वाचनको लज्जास्पद हारपछि नैतिकताको आधारमा राजीनामाको बाटो रोजेका छन् । प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत भएका थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुझाएको राजीनामा पत्रले यतिबेला कांग्रेसभित्र तरङ्ग पैदा गरिदिएको छ । गत पुस अन्तिम साता काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट निर्विरोध सभापति चुनिएका थापाका लागि फागुन २१ को निर्वाचन ‘अग्निपरीक्षा’ साबित भयो । कांग्रेस रुपान्तरण गर्ने र मुलुकको प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षी योजनासहित चुनावी मैदानमा होमिएका थापा स्वयं सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहसँग भारी मतान्तरले पराजित हुन पुगे ।
देश


प्रतिक्रिया