काठमाडौं— सरकार बन्न अझै एक साता लाग्ने भएकाले बालेन्द्र शाह आफ्नो टिम निर्माणमा जुटेका छन् । मन्त्री बन्न सांसदहरुको दौडधूप बढेको छ । सक्नेले बालेनसम्मै पुगेर आग्रह गरिरहेका छन् नसक्ने हेरेको हे¥यै भएका पनि छन् । धेरैको ध्यान मन्त्रीपरिषद् कस्तो बन्ला भन्नेमै अल्झिएको छ । यो स्वभाविक पनि हो । तर, योभन्दापनि महत्वपूर्ण दर्जन बढी नियुक्ति शाहले सरकार बन्ने बित्तिकै गर्नुपर्नेछ । जहाँ सार्वोच्च अदालतको प्रधानन्यायाधीशदेखि राजदूतसम्मका छन् । यी नियुक्तिले समेत सरकारको आगामी पाँच वर्ष कस्तो हुन्छ भन्ने लगभग दृष्य देखाउनेछ ।
रास्वपाको नेतृत्वमा सरकार बनेलगत्तै प्रधानन्याायधीश नियुक्त गर्नुपर्ने अवस्था छ । चैत १८ गते अवकासमा जाने भएपछि प्रकाशमानसिंह राउतले इजलास हेर्न छोडिसेक्नुभएको छ । न्याय परिषद्का सपना मल्ल प्रधानसहित ६ जनाको नाम संवैधानिक परिषद्मा सिफरिस गरिसकेको छ । अब सरकार बनेर सभामुख रसंसदीय समिति बने लगत्तै यो नियुक्ति अघि बढाउनुर्नेछ ।
देश


प्रतिक्रिया