काठमाडौं— चुनावको ज्वरोले मानिसलाई कतिसम्म उक्साउँछ भने, आवेग र उन्मादमा आएर उनीहरू जे पनि बोल्न तयार हुन्छन् । चुनावको रापतापमा सस्तो लोकप्रियता कमाउन र आफ्नो पक्षको उम्मेदवारलाई उचाल्न अन्टसन्ट बाचा गर्नेहरू अहिले आफ्नै बोलीको पासोमा परेका छन् । आफ्नै बोलीका कारण बिलखबन्दमा परेका उनीहरुको मतपरिणामले घमण्ड मात्र तोडेन, सामाजिक सञ्जालको अदालतमा उनीहरूलाई कठघरामा उभ्याएको छ । तिनैमध्ये एक हुन्, स्याङ्जा चापाकोट स्थायी घर भएकी रेनुका बराल । काठमाडौँको कलङ्कीस्थित खड्का गाउँको डेरामा दुई छोराछोरी र श्रीमानसँग बस्दै आएकी रेनुकाको तरकारी र किराना पसल छ । उनले बालेन शाहले झापा–५ मा जिते आफूले कान काट्ने बाजा गरेकी थिइन् । उनले बालेनले ‘चुनाव जिते टिचिङ अस्पताल गएर दुईवटै कान काटेर टाँका लगाउँछु’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । त्यस्तै उनले आफ्नो कानका सुन बालेनलाई दिने दाबी गरिन् ।
देश


प्रतिक्रिया