काठमाडौं— अबको केही दिनमै देशको शक्तिशाली कार्यकारी पद अर्थात् प्रधानमन्त्री बन्ने तयारीमा छन्, बालेन्द्र साह । ऐतिहासिक दुईतिहाइ बहुमतनजिक पुगेको रास्वपाले अब साहको नेतृत्वमा एकल बहुमतको सरकार गठन गर्नेछ । विगतका गठबन्धन सरकारहरूले गर्दै आएको शक्ति बाँडफाँट र भागबन्डाको शृङ्खलालाई तोड्दै रास्वपाले निर्धक्क ५ वर्षे स्थायी सरकार गठन गर्ने अवसर पाएको हो । यससँगै अब बन्ने शक्तिशाली सरकारको गृहमन्त्री को बन्छ भन्ने चासो पनि बढेको छ । प्रधानमन्त्रीपछिको सबैभन्दा शक्तिशाली मन्त्रालय मानिने गृहको कमान्ड कसले सम्हाल्लान् भन्ने चर्चा हुन थालेको हो । जसमा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्यालदेखि राजु पाण्डे र सांसदमा निर्वाचित पूर्वप्रहरी अधिकारीहरूको नामलाई लिएर चर्चा–परिचर्चा भइरहेको छ । पार्टीले संसदीय दलको नेता चयन गर्दै मन्त्रिपरिषद गठनको प्रक्रिया अघि बढाउने बताइरहँदा, प्रधानमन्त्री बन्ने पक्कापक्की भएका बालेन साहले आफ्नै तजबिजले मन्त्रिमण्डल गठन गर्लान् वा पार्टीको आन्तरिक छलफलबाट भन्ने चासो पनि छ ।
देश


प्रतिक्रिया