देश

देशभर घण्टी लहर, जित्नेहरुको भिड, बालेनका भूपदेव हारे, विनिताको जमानत जोगिएन, कर्णालीमा कन्तबिजोक (भिडियोसहित)


काठमाडौं— प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ निर्वाचित हुनुपर्ने १६५ सिटमध्ये १२५ सिटमा जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इतिहास रच्न सफल भएको छ । यो जित नेपालको संसदीय चुनावमा प्रत्यक्षतर्फ निर्वाचित सिट सङ्ख्या र प्रतिशतको आधारमा ऐतिहासिक हो । तर, देशभरबाट ७५ प्रतिशतभन्दा बढी सिट जित्ने जनादेश पाएको रास्वपाका केही चर्चित उम्मेदवारहरूले भने यस्तो लहरमा पनि लज्जास्पद हार व्यहोर्नुपरेको छ । मनाङबाहेक १६४ स्थानमा उम्मेदवारी दिएको रास्वपाका ३९ जना उम्मेदवारहरूले हार्दा १० जनाको त जमानत नै जफत भएको छ । जसमा केही चर्चित अनुहार मात्रै छैनन्, पूर्वमाननीय भइसकेकाहरु समेत छन् ।